ने.वि. संघ नवलपुरमा कान्छा नेता पाण्डेको सम्भावना बलियो !

नवलपुर – नवलपुर कांग्रेस जिल्ला कार्य समितिको पूर्णतापछि जिल्लामा नेपाल विद्यार्थी संघ (ने.वि. संघ) तदर्थ समिति गठनमा रस्साकसी चलिरहेको छ।

नवलपुर ने.वि.संघ अध्यक्ष राजेश पौडेल जिल्ला कार्य समितिको सहसचिवमा निर्वाचित भएपछि रिक्त रहेको उक्त पदमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले तदर्थ समिति गठन गर्ने भएको छ । तदर्थ समिति गठन चर्चा चलिरहँदा हाल हुप्सेकोट गाउँपालिका संयोजकसमेत रहेका प्रभावशाली एवं स्पष्टवक्ता युवा हुमन पाण्डेलाई तदर्थ समितिको अध्यक्षमा मनोनयन हुने प्रबल दावेदार र सम्भावित व्यक्तिको रूपमा हेरिएको छ । पाण्डे जिल्लामा रहेर ने.वि. संघको राजनीतिमा होमिने युवामध्ये सबैभन्दा कान्छा विद्यार्थी नेता हुन्।

जिल्लाकै हुप्सेकोट गाउँपालिकामा रहेको सरस्वति मावि गिरूबारीबाट राजनीतिक यात्रा शुरू गरेका पाण्डे लुम्बिनी आदर्श डिग्री कलेजको अध्यक्ष रहेर काम गरिसकेका छन् भने हाल हुप्सेकोट गाउँपालिका संयोजक रहेका छन्।

युवा विद्यार्थीहरूबीच अति लोकप्रिय पाण्डेलाई जिल्लाका प्रमुख नेताहरूको पनि समर्थन रहेको देखिन्छ। विशेषगरि नवनिर्वाचित पार्टी सभापति महेन्द्रध्वज जिसीको पक्षमा पहिलेबाट खुलेरै सहयोग गर्दै आएका पाण्डेलाई ने.वि. संघ तदर्थ समिति अध्यक्ष बनाउँदा ने.वि. संघलाई अझ बलियो र दर्विलो गराउन सहयोग हुने बुझिन्छ। जिल्लामा हुने हरेक ने.वि.संघका कार्यक्रम तथा आन्दोलनमा अग्रपंक्तिमा रहेर काम गर्ने पाण्डे निडर, स्पष्टवक्ता, निर्भीक र विद्यार्थी हकहितका लागि नेतृत्वदायी भूमिका खेल्नसक्ने राजनीतिज्ञका रूपमा अगाडी बढीरहेका छन् ।

हाल उपाध्यक्ष रहेका लक्ष्मण रिजाल र सचिव सुसिल काफ्लेको पनि चर्चा रहे पनि दुबैजना माउ पार्टी कांग्रेसको गण्डकी प्रदेश प्रतिनिधि रहेका हुँदा विशुद्ध ने.वि. संघबाट राजनीति गर्ने व्यक्तिलाई नै नेतृत्वमा सुम्पिनुपर्ने कांग्रेस जिल्ला नेतृत्वको पनि मनशाय रहेको बताइन्छ । साथै पाण्डेको मनोनयनका विषयमा जिल्लाका अन्य विद्यार्थी नेताहरूले पनि नेतृत्वमा पहलका साथै दबाब पनि दिईरहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *