डोबाटेलाई जिम्मेवारी दिन मन्त्रालय बढाउँदै मुख्यमन्त्री नेपाली



काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रालयको संख्या बढाएर १२ पुर्याउने गरी नियमावली संसोधन गरिएको छ ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को  सोमबार बसेको बैठकले कार्यविभाजन नियमावली २०७४ संसोधन गरेर साढे दुई महिनाअघिदेखि विनाविभागीय मन्त्री बनेका नेपाली कांग्रेस प्रदेश सभा सदस्य डोबाटे विश्वकर्मालाई जिम्मेवारी दिन लागिएको हो ।

‘नियमावली संसोधन भएको छ,’ स्रोत भन्छ, ‘आन्तरिक मामिला मन्त्रालयको जिम्मा डोबाटे विश्वकर्मालाई दिने सम्भावना छ । त्यसो नभए पनि जिम्मेवारी हेरफेर गरेर उहाँलाई मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।’

डोबाटे साढे दुई महिनादेखि बिना विभागीय मन्त्री छन् ।

अहिले आन्तरिक मामिला मन्त्रालय मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आफ्नै मातहतमा राखेका छन् ।