आगजनीको चपेटाबाट उठ्दै लहान नगरपालिका, यसरी हुँदैछ सेवाग्राहीको काम (तस्बिरहरू)

लहान । मुलुकै ठूलो नगरपालिकाका रुपमा रहेको लहान नगरपालिका भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट अछुतो रहन सकेन । देशव्यापीरुपमा भएको विध्वंसात्मक आगजनी र तोडफोडको प्रभाव लहानमा पनि परेको छ । जसका लागि नगरपालिका भवनका साथै विभिन्न शाखाहरु ध्वस्त प्रायः भएका छन् ।

जनताको सेवालाई जहिले पनि पहिलो प्राथमिकतामा राख्ने लहान नगरपालिकाले जे जस्तो अवस्थामा भए पनि सेवाग्राहीलाई आंशिक सेवा दिन सुरु गरेका छन् ।

नगरपालिका प्रमुख महेश चौधरीले आगलागीबाट विभिन्न शाखाहरु जले पनि अहिले नगरसभा हलमा लेखा, प्रशासन, दर्ता चलानी, न्यायीक समिति, रोजगार सेवा केन्द्र र राजस्व शाखाको काम सुरु भएको जनाएका छन् ।

उनले आगजनीका कारण रोकिएका जनताको काम जतिसक्दो छिटो सम्पादन गर्ने उद्देश्यले एउटै हलबाट भए पनि कार्यालय सञ्चालन गरिएको जनाएका छन् ।

आलजनी र तोडफोडका कारण कार्यालय पूर्ण रुपले व्यवस्थित नहुँदा सञ्चालन गर्न असहज भएको कर्मचारीहरुले जनाएका छन् । तर, जनताको सेवाका लागि राष्ट्रसेवक कर्मचारीहरुले जस्तो सुकै परिवेशमा पनि सेवा गर्ने प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले जनाए । आगलागीबाट ७ करोडको क्षति भएको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *