सशस्त्र डिएसपी गैरे र इन्स्पेक्टर श्रेष्ठको सिर्जनामा ‘ए साईंला’ आउँदै



काठमाडौं – सशस्त्र प्रहरीका बलका दुई अधिकृतका कला समावेश गरिएको ‘ए साईंला’ बजारमा आउँदैछ ।

सशस्त्र प्रहरीका बलका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुरेश गैरे (सांगीतिक क्षेत्रमा गैरे सुरेशबाट परिचित) र प्रहरी निरीक्षक (इन्सपेक्टर) बुद्ध श्रेष्ठको विशेष भूमिका रहेको ए साईंला बोलको गीत छिटै आउने भएको हो ।

बेनिशा पौडेलको स्वरमा डिएसपी गैरे सुरेशको संगीत रहेको उक्त गीतमा इन्स्पेक्टर श्रेष्ठ र शिला गजुरेलले अभिनय गरेकी छिन् । प्रेमिल भावको उक्त गीतमा बुद्ध र शिलाको रोमान्सलाई समेटिएको जनाइएको छ ।

स्वीकृति बरालको शब्द रहेको उक्त गीतको निर्देशन भने रमेश पाठकले गरेका छन् । गैरे सुरेश युट्युव च्यानलबाट उक्त गीत सार्वजनिक गरिने जनाइएको छ ।