लहानमा खेलकुद मन्त्री, स्टेडियम बनाउन माग गर्दै मेयर चौधरीले गरे भव्य स्वागत  

लहान । नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमितिको आयोजनामा सोमवार लहान नगरपालिकामा संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई भव्यरुपमा स्वागत तथा सम्मान गरेका छन् ।

लहान नगरपालिकाका नगर प्रमुख तथा नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति महेशप्रसाद चौधरीको सभा अध्यक्षतामा औपचारिक कार्यक्रमको आयोजना गरी मन्त्री चौधरीलाई भब्य रुपमा स्वागत तथा सम्मान गरेका हुन् ।

कार्यक्रममा उपस्थित सिरहा, सप्तरी जिल्लाका पार्टीका नेता तथा कार्यकर्ताहरुले मन्त्रीलाई लहानमा क्रिकेट र फुटवलको स्टेडियम बनाउन पहल गर्नुपर्ने प्रस्ताव राखेका थिए । लहानमा स्टेडियम बनेमा बाहिरका खेलप्रेमी पर्यटकहरु भित्रिए आर्थिक हिसावले सवल हुने भन्दै मधेश प्रदेशमा प्रायः खेलिने खेलहरु कुस्ती, कब्बडी खेललाई प्राथमिकतामा राखि काम गर्नुपर्ने सुझाव दिएका थिए ।

मन्त्री चौधरीले आफु खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता रखिने बताएका छन् । विश्वका अन्य देशहरूले खेल क्षेत्रलाई उच्च महत्तव् दिँदा नेपालले भने अझै खेल क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको जिकिर गरे ।

उनले खेलाडीहरूलाई खेल क्षेत्रमा टिकाइरहन र अझ प्रतिस्पर्धा बढाउन राज्यले नीतिगत र व्यवहारिक रूपमा सहजता प्रदान गर्नुपर्ने बताए । उनले खेलाडी र निजका सन्ततिका लागि राज्यबाट सेवा सुविधा उपलब्ध गराउन प्रयास जारी रहेको पनि जानकारी दिए । खेलाडीहरुलाई खेलकुदमा टिकाई राख्न मधेश प्रदेश सरकारलाई आफु मन्त्री बन्ने बित्तिकै खेलकुद सम्बन्धी ऐन ल्याउन पहल गरेको र छिट्टै सो ऐन ल्याउने तयारी भैरहेको खुलासा गरे ।

‘विश्वका मुलुकहरूले खेलकुद क्षेत्रको विकास, ठुलो लगानी गरी उच्च प्राथमिकता दिँदै गर्दा नेपाल खेलकुद क्षेत्रमा अझै प्राथमिकता पाउन नसकेको यथार्थ छ । खेलकुदलाई कहिले पनि प्राथमिकता दिइरहेको छैन । त्यसैले खेलाडीहरूलाई खेल क्षेत्रमा टिकाइरहन र अझ प्रतिस्पर्धा बढाउन राज्यको तर्फबाट नीतिगत र व्यवहारगत रूपमा लाग्नुपर्छ ।,’ मन्त्री चौधरीले भने, ‘खेलाडी र निजका सन्ततिका लागि राज्यबाट सेवा सुविधा उपलब्ध गराउन विभागीय मन्त्रीको हैसियतले मैले इमान्दारीता पूर्वक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

कार्यक्रममा जिल्ला सभापति रामचन्द्र यादव, सुरुङ्गा नगरपालिकाका नगर प्रमुख गिता चौधरी, लक्ष्मिपुर पत्तारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुर, नगर सभापति संजय यादव, नेविसंघका जिल्ला अध्यक्ष पप्पु यादवनेपाली काङ्ग्रेस महासमिति सदस्य , प्रदेश समित सदस्य, विभिन्न वडाका वडा अध्यक्ष लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *