डिएसपी सुरक्षा भइन् अपराध अनुसन्धान कार्यालयको उत्कृष्ट प्रहरी



काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरक्षा केसीलाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

काठमाडौं उपत्यका भित्रका तीनवटा जिल्लामा हुने अपराधका घटनाहरुको अनुसन्धानको जिम्मेवारी पाएको अपराध महाशाखाले डिएसपी केसीलाई साउन महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान गरेको हो ।