लहान मेयर चौधरीको अनुरोध, ‘२२ गते घर–घरमा दीप प्रज्वलन गरौं’

लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरबासीका लागि आह्वान गरेका छन् ।

मेयर चौधरीले यही मिति २०८० माघ ८ गते सोमबारका दिन भारतको अयोध्यामा नवनिर्मित मर्यादा पुरुषोत्तम राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सम्पूर्ण नगरवासीलाई आ—आफ्नो घर टोल, मठ मन्दिरमा भजन कृतन तथा दीप प्रज्वलन गरि उत्सव मनाउन लहान नगरपालिकाका मेयर महेश चौधरीले आग्रह गरेका हुन् ।

साथै मेयर चौधरीले उक्त दिन नगरपालिका क्षेत्रभित्र कुनैपनि पशुपंक्षी, जीवजन्तू आदिको बध, मदिरा, माछा, मासुको बिक्री वितरण लगायतका कार्यहरु नगरिदिन समे अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *