

सँगै सुतेकी ९ महिनाकी गर्भवती श्रीमतीको खुर्पाले हानी मध्यरातमा हत्या

कावासोती । नवलपुरको हुप्सेकोटमा श्रीमानले कोदालो र खुर्पाले हानेर श्रीमतीको हत्या गरेका छ्न ।
पूर्वी नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका शेर बहादुर लम्का मगरले ९ महिनाकी गर्भवती श्रीमती चनिसरा लम्का मगरलाई सँगै सुतिरहेको अवस्थामा रातको करिब १ बजे कोदालो र खुर्पाले प्रहार गर्दा घट्नास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मृतक महिलाका श्रीमान् तथा कोदालो र खुर्पा प्रहरी नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।