विश्वकपमा नेपालले हार्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं । यु–१९ विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै छ।

खेल आज दिउँसो पौने २ बजे हुने खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।

न्युजिल्यान्डले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले फिल्डिङ गर्न लागेको हो।

नेपालले यसअघि न्युजिल्याण्डसँग खेलेका दुवै खेलमा जित हात पारेको थियो ।

नेपाल टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द।

न्युजिल्यान्ड टिम
ओस्कर ज्याक्सन (कप्तान), मासन क्लार्क, साम क्लोड, ज्याक कमिङ, रहमान हेक्मत, टम जोन्स, जेम्स नेल्सन, स्नेहिथ रेड्डी, म्याट रो, इवाल्ड श्रुडर, लाचलान स्ट्याकपोल, ओलिभर टेवाटिया, एलेक्स थम्पसन, रायन सोर्गास, ल्यूक वाटसन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *