यू–१९ विश्वकपः नेपालले न्यूजिल्यान्डविरूद्ध हात पार्यो तेस्रो सफलता

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा न्यूजिल्याण्डविरुद्ध बलिङ गरिरहेको नेपालले तेस्रो विकेट लिएको छ।

तेस्रो विकेटका रुपमा न्यूजिल्याण्डले ‌ओलिभर तेवातियालाई गुमाएको हो। उनको विकेट नेपालका स्पिनर दीपेस कँडेलले लिएका हुन्।

यसअघि दोस्रो विकेटका रुपमा न्यूजिल्याण्डका ओपनर थोमस जोन्सको विकेट तिलक भण्डारीले लिएका थिए ।

पहिलो पावर प्ले सकिएर दोस्रो पावर प्ले सुरु हुनेबित्तिकै ११औं ओभरको पहिलो बलमै नेपाली बलर सुवास भण्डारीले पहिलो विकेट लिएका थिए।

तीन विकेट गुमाएको न्यूजिल्याण्डले २५ ओभरको समाप्तिमा १०५ रन बनाएर खेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *