नेपाल प्रहरीको भिडियो उत्कृष्ट भएको महासभामा भाग लिई फर्किए आईजी कुँवर



काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औं महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म संचालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. सहितको टोलीसमेत स्वदेश फिर्ता भएको छ ।

उक्त टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गरे ।

महासभामा National Central Bureau (NCB) नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका President र General Secretary बिच शिष्टाचार भेटघाट तथा छलफल भएको थियो । साथै इन्टरपोलको Global Outreach and Regional Support (GORS) का प्रतिनिधिहरू तथा भारत, चीन र यूएईका प्रतिनिधि लगायतका विभिन्न मित्रराष्ट्रहरूसँग फरार प्रतिवादीहरू र क्षमता अभिवृद्धि लगायतका विविध विषयमा छलफल तथा द्विपक्षीय बैठक समेत भएको थियो ।

महासभामा सहभागी १९५ इन्टरपोल सदस्य राष्ट्रका Head of NCB तथा प्रतिनिधिहरूबीच Strengthening global frameworks for a safer world, Report on the Financial Year 2022, Connecting Police-100 years and beyond: Emerging Trends, Operational Impact and Preparedness for the future, Programme of activity and draft budget for 2024 and indications for 2025 and 2026 र Developing and retaining talent and diversity into the next generation लगायतका विविध विषयमा छलफल भई महत्वपूर्ण प्रस्तावहरु पारित समेत भएको थियो ।

महासभाबाट इन्टरपोलको १९६औं सदस्य राष्ट्रको रुपमा The Republic of Palau लाई निर्वाचनको माध्यमबाट मान्यता प्रदान गरिएको छ । महासभाले इन्टरपोलको ९२औं महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औं महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ ।

इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई इन्टरपोलबाट विशेष आमन्त्रण भई उक्त महासभामा INTERPOL President Major General Dr. Ahmad Naser Al-Raisi बाट प्रमाणपत्र र INTERPOL General Secretary Jürgen Stock बाट Special coin सहित सम्मान गरिएको  थियो ।

यस प्रकृतिका उत्कृष्ट एवं सिर्जनशील लगायतका कार्यक्रमहरू आयोजना गरी इन्टरपोल वार्षिकोत्सवलाई भव्यताका साथ मनाएर अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई नयाँ शिखरमा पुर्‍याएकोमा नेपालको तर्फबाट महासभामा सहभागी हुनुभएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर तथा प्रतिनिधि समेतलाई INTERPOL President र General Secretary समेतले धन्यवाद स्वरुप मायाको चिनोको साथै Special coin प्रदान गरेका थिए ।

साथै महासभाको दौरानमा इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीद्वारा निर्माण गरिएको “Let’s Save the Planet – INTERPOL 100” विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषित भई सम्मान स्वरूप प्रमाणपत्र प्राप्त भएको थियो ।