आचार्यको ‘अपराधको अर्थशास्त्र’ पुस्तक बजारमा



काठमाडौं । नेपाली बजारमा अपराधलाई अर्थशास्त्रसँग जोडेर लेखिएको पुस्तक बजारमा आएको छ । विगत लामोसमयदेखि द्वन्द्व, शान्ति र विकासका साथै विभिन्न समसामयिक विषयहरुमा लेख्दै आएका दिपक आचार्यले आप्mनो पाँचौं पुस्तकका रुपमा ‘अपराधको अर्थशास्त्र’ शीर्षकको पुस्तक सार्वजनिक गरेका हुन् ।

आधुनिक समयमा विश्वभरि घटिरहेको प्रमुख अपराधहरुबारे विस्तृत रुपमा चर्चा यस पुस्तकमा खासगरि मानब बेचविखन,लागू औषध अपराध,आर्थिक अपराध, सम्पत्ति शुद्धिकरण, सुन तस्करी, वन्यजन्तु अपराध, साइबर अपराध जस्ता अपराधको बारेमा पुस्तकमा विस्तारमा चर्चा गरिएको लेखक आचार्यले जनाए ।

साथै नेपालले यी अपराध रोकथामका लागि गरिरहेको कानूनी र संस्थागत प्रयासहरु बारे पनि पुस्तकमा उल्ल्ेख छ । विश्वव्यापी रुपमा यी अपराध रोकथामका लागि केही देशको उदाहरण प्रस्तुत गर्दे नेपालले पनि कसरी यस्ता जटिल अपराध नियन्त्रणमा काम गर्न सक्छ भन्ने कुरा पुस्तकमा उल्लेख छ । यो पुस्तक अपराधशास्त्र, सुरक्षा विषय, नीति निर्माता, कानुन कार्यान्वयन गर्ने निकाय,आर्थिक प्रशासन र कानुनमा जिज्ञासा राख्ने सबैका लागि उपयोगी लेखक आचार्यले जनाएका छन् ।

आचार्यले यसअघि संक्रमणकालीन न्यायः सवाल र संशय, संगठित अपराधको चक्रब्यूह, सांस्कृतिक कूटनीति र संक्रमणकालीन न्याय शीर्षकको पुस्तक बजारमा ल्याएका थिए । कागजपत्र मिडियाको प्रकाशनबाट आचार्यको पछिल्लो पुस्तक अपराधको अर्थशास्त्र पाठकमाझ बजारमा आएको हो ।