बजरंगी फुटबल टुर्नामेन्टको उपाधि बानो फुटबल क्लबलाई



लहान । लहान नगरपालिका–१५ बिरनगरको बजरंगी फुटबल क्लबले आयोजना गरेको फुटबल टुर्नामेन्ट—२०८० को उपाधी बानो फुटबल क्लबले हात पारेको छ ।

स्वास्थ्यको लागि राष्ट्रको लागि नारासहित बजरंगी फुटबल क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा सन्तपुर फुटबल क्लबलाई दुई गोलले हराउँदै बानोले प्रथम स्थान हासिल गरेका हो ।

विजेता टिम र खेलागीहरुलाई लहान नगरपालिकाका मेयर महेश चौधरीले पुरस्कार वितरण गरेका थिए । विजेतालाई २५ हजार नगदसहित ट्रफि प्रदान गरिएको थियो ।

त्यस्तै उपविजेता बनेका खेलाडी तथा टिमलाई वडाध्यक्ष तेजनारायण चौधरीद्वारा सन्तनगरलाई नगद १५ हजारसहित मेडल हस्तान्तरण गरिएको छ ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी बानोका शिशिर लेखीले प्राप्त गरेका छन् ।