मन्त्रीका बडीगार्ड असई सुवेदी झुण्डिएको अवस्थामा मृत फेला



हेटौंडा । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालका सुरक्षा अधिकारी सालको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मन्त्री दुलालका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) यमबहादुर सुवेदी मंगलबार हेटौंडा–११ स्थित बनदेवी मन्दिर परिसरमा झुण्डिएको अवस्थामा भेटिएको जनाइएको छ ।