सशस्त्र डिएसपी गैरेको शिव भजन ‘भोले शंकर, तिम्रै रूप भयंकर’ आउँदै



काठमाडाैं । सशस्त्र प्रहरी बलका अब्बल अधिकृत प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरेश गैरेले ‘भोले शंकर तिम्रै रुप भयंकर’ बोलको शिव भजन सार्वजनिक गर्ने तयारीमा रहेका छन् ।

सशस्त्र प्रहरी बलमा सञ्चालित छैटौं कमान्ड तथा स्टाफ कोर्षमा सर्वोत्कृष्ट स्थान हासिल गरेका गैरे नेपाली सांगीतिक क्षेत्रमा गैरे सुरेका नामले परिचित छन् ।

उनै डिएसपी गैरेले डा. कृष्णहरि बरालको लेखन रहेको शिव भजन भोले शंकर, तिम्रै रुप भयंकर’ भोली सोमबार सार्वजनिक गर्न लागेका हुन् ।

फुलबारी नेपालले प्रस्तुत गर्न लागेको उनको भिडियो पशुपतिलगायतका स्थानमा छायांकन गरिएको थियो ।

उक्त भजनमा कृष्ण ढकाल, कमल तिमिल्सिना, लव सापकोटा, दिपकराज बराल, दामोदर धोदारी, रमेश भुवजी, रोहित घिमिरे, विकास घिमिरे, पशरुराम लामिछाने, प्रमोद विष्ट, सत्यराम पुरी, देवेन्द्र रोक्का र स्वयं सुरेश गैरेले अभियन गरेका छन् ।

‘बिम्ब’मार्फत् सांगीतिक दुनियाँमा प्रवेश गरेका सुरेशले ‘सम्भावना’, ‘चर्चा’, ‘गुमनाम’, ‘शरद’लगायत २० बढी एल्बम बजारमा आएका छन्। यस्तै, उनले ‘नाइँ नभन्नू ल २’, ‘शब्द’, ‘राजधानी’ चलचित्रमा समेत संगीत दिएका छन् ।

उनका ‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘तिम्रो मेरो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ गीतहरू ज्यादै लोकप्रिय छन् ।