सशस्त्रद्वारा ६ लाख भन्दा बढीको खाद्यन्नसहित ट्रयाक्टर नियन्त्रणमा



रुपन्देही । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ३ धकधई ईलाकाबाट साउन २२ गते सशस्त्र प्रहरीले करीव ६ लाख ५४ हजार रुपैयाँ बराबरको खाद्यन्न र ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको ५१ बोरा गहुँ र २३ बोरा चामलसहित लु २ त ३६८६ नम्बरको ट्रयाक्टर नं. २७ गण रुपन्देहीले नियन्त्रणमा लिएको हो ।

बरामद खाद्यन्न तथा ट्रयाक्टर भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।