सेनाका यी कर्णेल भए ब्रिडेडियर जर्नेलमा बढुवा



काठमाडाैं । सरकारले नेपाली सेनाका दुई बरिष्ठ अधिकृतहरूको बढुवा गरेको छ । मन्त्रीपरिषद्ले महासेनानी (कर्णेल) लाई सहायक रथी (ब्रिगेडियर जर्नेल) मा बढुवा गरेकाे हो ।

बढुवा हुनेहरूमा मध्यपश्चिम पृतनामा कार्यरत राजेन्द्रमणि गिरी र मनाेज बैदवार रहेका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माकाे सचिवालयकाे सिफारिसमा रक्षा मन्त्रालयले कर्णेलद्वय गिरी र बैदवारलाई बढुवागर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेकाे थियाे।

प्रधानसेनापति शर्माले (आज ) मंगलबार जंगी अड्डामा विशेष समाराेहकाबीच बढुवा भएका सैनिक अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेकाे छ।