लहानको विकासका लागि मेयर महेश चौधरी के गरे र अब के गर्दैछन् ?



सिराहा । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले लहानको विकासका लागि आफू लागि परेको बताएका छन् । गरिब तथा निमुखा जनताहरुको हितका लागि कृषि भूमि मानिएको लहान नगरपालिकाभित्र उनले आगामी बजेटमा लहान नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिई किसानका लागि विभिन्न कार्यक्रम ल्याउने घोषणा समेत गरेका छन् ।

त्यस्तै उनले आगामी बजेटमा किसानलाई किसानलाई निःशुल्क ट्याक्टर उपलब्ध गराउने घोषणा गरेका छन् । त्यसका लागि कृषकले ट्याक्टरमा लाग्ने डिजेलको व्यवस्था भने आफैं गर्नुपर्ने मेयर चौधरीले जनाए । त्यस्तै गरी धान पाकिसकेपछि धान काट्नका लागि प्रयोग हुने त्यस्तै हार्भेस्टर मेसिन पनि सोही सर्तअनुसार उपलब्ध गराउने योजना आफूले आगामी बजेटमा समेट्ने बताए । त्यसका लागि नगरपालिकाले १० वटा ट्याक्टर खरिद गर्न लागेको पनि बताए ।

उनले चालू आब वर्ष करिब १०० किसानलाई करिब ७५ हजारको दरले अनुदान उपलब्ध गराएको पनि बताए । त्यस्तै नगरभित्रको विकासको निर्माणको लागि छुट्याइएको बजेट ९० प्रतिशत निर्माणकार्य सम्पन्न भएको बताएका छन् । उनले केही संघीय र प्रदेशका केही योजना अलपत्र रहेको उनले बताए । उनले प्रदेशका योजनाहरु बढी मात्रामा अलपत्र भएको बताएका छन् । उनले प्रदेशले स्थानीय तहलाई अधिकार पनि नदिने र आफूले पनि काम नगर्ने गरेको दुःखसो पनि पोखे ।

यसपालि उनले एक कक्षा एक शिक्षकको अवधारणा लागू गरेको बताएका छन् । साथै उनले स्वास्थ्य क्षेत्रमा तीन स्थानमा बर्थिङ सेन्टर स्थापना गरेको बताए । त्यस्तै उनले अत्याधुनिक डिजिटल ल्याब पनि सञ्चालनमा ल्याएको बताए ।

त्यस्तै कृषिका परियोजनाका रुपमा बजार क्षेत्रमा कौसी खेतीको अवधारणालाई प्राथमिकता दिएको पनि मेयर चौधरीले बताए । उनले किसानहरुको समूह बनाएर ५ वटा डिप बोरिङ उपलब्ध गराएको जनाए । त्यससँगै उनले लहानलाई ‘लहानको आँप’लाई ब्रान्डको रुपमा स्थापित गरिने पनि जनाए ।

महिला दिदी बहिनीका लागि ब्यूटिपार्लर, सिलाईकटाई र गुडिया बनाउने तालिम पनि सञ्चालन गरेको मेयर चौधरीले जनाए । त्यस्तै पुरुषहरुका लागि हाउस वायरिङ, इलेक्ट्रिसियनलगायतका तालिम उपलब्ध गराएको पनि बताएक छन् । त्यस्तै विदेशबाट फर्किएका युवाहरुलाई विभिन्न व्यवसाय सञ्चालनका लागि तालिम दिएर कम ब्याजदरमा कर्जा उपलब्ध गराउने जिम्मेवारी पनि नगरपालिकाले लिएको बताएका छन् । उनले पहिलो चरणमा ५० जना युवाहरुलाई ६ प्रतिशतमा कर्जा उपलब्ध गराउने पनि मेयर चौधरीले जनाए । त्यसका लागि पहिलो चरणमा २ सय भन्दा युवाहरुले आवेदन दिएको पनि मेयर चौधरीले जनाए ।

त्यस्तै आमा सुरक्षा कार्यक्रम, गर्भवती महिलाहरुका लागि  पौष्टीक आहारका रुपमा हरेक महिना विभिन्न खाद्यान्न सामाग्री वितरण गर्ने बताएका छन् ।

त्यस्तै उनले वास्तविक किसानहरुलाई ‘किसान कार्ड’को पनि व्यवस्था गरेको मेयर चौधरीले जनाएका छन् । त्यससँगै उनले कृषकलाई उत्साह प्रदान गर्ने योजनासहित विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको बताए ।

त्यस्तै मेयर चौधरीले यसपटक दलित, गरिब, विपन्न र एकल महिलाका सन्तानलाई उच्च शिक्षाका लागि सहयोग पुगोस् भन्ने हेतुले २ सय विद्यार्थीलाई प्रति विद्यार्थी १० हजारको दरले वितरण गर्ने जनाएका छन् ।

त्यसैले लहानमा चिस्यान केन्द्रको निर्माणका लागि संघीय सरकारसँग माग गरेको पनि बताएका छन् । त्यस्तै उनले किसानले उत्पादन गरेको तरकारी बिक्रीका लागि तरकारी बजारको पनि माग गरेका छन् ।

त्यस्तै नगरभित्रको संस्कृति जोगाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएका छन् । त्यस्तै उनले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई गम्भीर प्रकृतिको रोग लागेको खण्डमा नगरपालिकाले २५ हजारको दरले अनुदान उपलब्ध गराउने बताएका छन् ।

त्यस्तै उनले नगरभित्रका ५९ विद्यालयहरुमा कक्षा १ देखि अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने समेत जनाए ।

मेयर चौधरीले लहानको विकासका योजनाहरु पार्नका लागि हालै संघीय मन्त्रालयहरुसँग माग गरेको पनि बताएका छन् । उनले हालै मन्त्रीहरुसँगको भेटका क्रममा लहान नगरका सबै वडालाई जोड्ने गरि माग रिङरोड बनाएर कालोपत्रे गर्नका लागि माग गरेका छन् । त्यस्तै पहिलो चरणमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत २० वटा विद्यालयलाई चारकोठे भवन निर्माणको माग पनि गरेका छन् ।

उनले कानुन भनेको विधिको हो व्यक्तिको नभएको बताएका छन् । जनताबाट निर्वाचित भएर आएको हुनाले जनप्रतिनिधिहरुमा कतिपय कानुनी ज्ञान नहुने भएकाले कर्मचारीहरुले समन्वय गर्नुपर्ने पनि बताए । उनले आफूले प्रत्येक वडामा समानुपातिक हिसाबले ५० लाखका दरले बजेट उपलब्ध गराएको पनि बताए ।

त्यस्तै पर्यटकीय हिसाबले राजदेवगढी, हातीगढलगायतका क्षेत्रको पूर्वाधार निर्माणमा पनि जोड दिने मेयर बताए । उनले भौतिक निर्माणका लागि मास्टर योजना बनाएर अगाडि बढ्ने बताए ।