

आज बृहत खोप अभियान, देशैभरी खोप लगाइँदै

काठमाडौं । आज बृहत खोप अभियान । खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाईदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरीका सबै सरकारी स्वास्थ्य संस्थावाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिईदैछ ।
जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ता भित्र लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १४ हप्ता भित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बि हिब, ९ महिना भित्र लगाउनु पर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिना भित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाईफाईडका जस्ता खोप अहिले लगाईदैछ ।