

विमानस्थल भन्सार कार्यालयका नासु खड्का पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका एक नायब सुब्बालाई पक्राउ गरेको छ ।
शनिबार नासु रेवन्त खड्कालाई कार्यालयको कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको हो । अनुसन्धान प्रक्रियामा गइसकेका कतिपय मुद्दामा व्यक्तिगत लाभ हुनेगरी चासो राखेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
नासु खड्काले विदेशबाट आफन्तले ल्याएका अवैध सामानसमेत अनुसन्धानमा नलगिकनै फिर्ता पठाउने गरेको स्रोतको भनाइ छ ।