आगलागी पीडितलाई मेयर चौधरीले गरे राहत हस्तान्तरण



लहान । लहान नगरपालिका २२ बर्छाबा दलित वस्तीमा भएको आगलागीमा परी नष्ट भएका घर परिवारलाई लहान नगरपालिकाका प्रमुख महेश चौधरीले राहतस्वरुप सहयोग उपलब्ध गराएका छन् ।

बर्छाबाका दलित बस्तीमा आगलागी भएर घर नष्ट भएको जानकारी पाउनासाथ राहतका साथ घटनास्थल पुगेका मेयर चौधरीले श्याम सुन्दर मण्डल खत्बे र विपतिया मण्डल खत्बेको परिवारलाई राहत उपलब्ध गराएका थिए ।

मेयर चौधरीले आगलागीबाट पीडित भएका दुवै पीडित परिवारलाई ५०/५० किलो चामल, ५/५ किलो दाल, नुन, तेल र ५ हजार नगद सहयोग गरेका थिए ।

उक्त अवसरमा मेयर चौधरीले घर बनाउन जस्तापाता उपलब्ध गराउने समेत प्रतिबद्धता जनाएका छन् ।

उक्त अवसरमा मेयर चौधरीले घटनाबाट भएको क्षतिको समेत निरीक्षण गरेका थिए ।

May be an image of 5 people, people standing, tree and outdoors

May be an image of 2 people, people standing, tree and outdoors