

पूर्वराजा ज्ञानेन्द्रले ल्याए ‘दुई मुटु यौटा बाटो’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा बाटो’ कृति प्रकाशनमा आएको छ ।
सम्वाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो ।
उनका अनुसार प्रकाशित कृतिमा पूर्वराजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनमा आधारित कविताहरु रचना गरेका छन् ।
उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र बर्तमान मौजुदास्थिति एवम् गतिबिधिका बारेमा प्रकाश पारेको पाठकले जानकारी दिए ।