दुर्गा र प्रतापको स्वरमा ‘यसपालि त जसरी म माइन जाने’

काठमाडौं । चर्चित गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको स्वरमा रहेको नयाँ तीज गीत ‘यसपाली त जसरी म माइत जाने’को म्युजिक भिडियो राईट ट्यून अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिमा श्रीमान, श्रीमतीबीच भएको बार्तालाप र समझदारीको भाव समेटिएको गीतलाई यूवा गीतकार डि.पी खनालले शब्द रचना गरेका हुन्। संगीतकार तारा प्रकाश लिम्बुको उत्कृष्ट संगीत रहेको यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका छन् ।

अहिलेका ब्यस्त मोडेल र कलाकार सरोज राना प्रजा र आभा थापाको सुन्दर अभिनय तथा नृत्य रहेको म्युजिक भिडियोमा गायिका दुर्गा बिसुराल र राजेश बिसुराल जोडीको पनि जोडदार अभिनय हेर्न पाईन्छ।

फराज अर्पनको छायांकन, संतोष राजबाहकको कोरियोग्राफी तथा डिन्सन शाहको सम्पादन रहेको भिडियोलाई रिवाज बिसुरालले प्रस्तुत गरेका हुन भने निर्देशक गणेश शाहले गीतको भावभंगी अनुरुपनै यथार्थपरक ढंगमा निर्देशन गरेका छन् ।

भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *