

टिका सानुले ल्याईन् ‘बुहारी-५’ (भिडियोसहित)

काठमाडौं – नजिकिँदै गरेको महिलाहरुको महान् पर्व तीजका अवसरमा गायिका टिका सानुले नयाँ गीत सार्वजनिक गरेकी छिन् । विगत ५ वर्षदेखि प्रत्येक वर्ष तीजका अवसरमा नयाँ गीत सार्वजनिक गर्दै आएकी टीकाले यसपटक पनि गत वर्षहरुकै गीतलाई निरन्तरता दिँदै बुहारी–५ गीत सार्वजनिक गरेकी हुन् ।
समाजमा घटेका घटनाहरुलाई यथार्थरुपमा प्रस्तुत गर्दै टिकाले नारी संवेदनालाई गीत संगीतको माध्यमबाट बजारमा ल्याएकी छिन् । मानसिं खड्का र टिका स्वयंको शब्द तथा संगीत रहेको बुहारी ५ मा टिकासँगै हुमा वि.क., धनमाया नेपाली, करिश्मा घर्ती, मानसिं खड्का र सुमन परियारको स्वर रहेको छ ।
चरित्र अभिनेत्री रमा थपलिया, शर्मिला शर्मा, सम्प्रिया खड्कालगायतका कलाकारले अभिनय गरेका उक्त गीतमा टीकाले प्रमुख पात्रका रुपमा अभिनय गरेकी छिन् ।
गायिकाबाट नायिका, निर्मात्री हुँदै अभिनेत्रीको भूमिकामा पनि सफल टिका पछिल्लो समय सञ्चारकर्मीका रुपमा पनि परिचित छिन् ।
भिडियोः