काभ्रेस्थलीमा एकै परिवारका चारजना मृतावस्थामा फेला

काठमाडौं । राजधानीको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ।

तारकेश्वर नगरपालिका- २ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्-श्रीमती र दुई छोराछोरीको शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए। उनीहरूको कसरी मृत्यु भएको हो भन्नेबारे खुलिसकेको छैन।

प्रहरीका विभिन्न टोली अहिले घटनास्थलमा खटिएका छन् ।

तारकेश्वर- २ का वडासचिव केशवराज पाण्डेका अनुसार गोरखाबाट आएका उनीहरू एक तले घर बनाएर बसेका थिए। स्कुल जाने छोराछोरी बिहान १० बज्दासम्म स्कुल जान नआएपछि छिमेकीले साढे १० बजेतिर ढोका फोडेर हेर्दा चारै जना मृत अवस्थामा फेला परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *