प्रधानसेनापति शर्माद्वारा सेनाका बढुवा भएका ५ लाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडाैं । नेपाली सेनाको उपरथीमा बढुवा भएका तीन जना सहायक रथी र सहायकरथीमा बढुवा भएका २ जना महासेनानीलाई प्रधानसेनापति प्रभुराम शर्माले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
मन्त्रिपरिषद्को निर्णय अनुसार बढुवा भएका सहायक रथीत्रय दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई सेनापति शर्माले बुधवार जङ्गीअड्डामा दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
उपरथीमा बढुवा भएका कुमार बानियाँलाइ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, उपरथी होमनाथ दवाडीलाई निरीक्षणाधिकृत विभागका प्रमुख र उपरथी यामप्रसाद ढकाललाइ युद्ध मद्दती तथा युद्ध-सेवा मद्दती विभागका प्रमुखमा नियुक्ति गरिएकाे नेपाली सेनाले जनाएको छ ।
सहायक रथी दर्जामा पदोन्नति भएका २ जना महासेनानी लाई प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।