परिश्रमीको शब्दमा कृशल र एलिनाको ‘मायाको क्या राम्रो आँखा’ (भिडियोसहित)



काठमाडौं – ‘मायाको क्या राम्रो आँखा’को भिडियो सार्वजनिक भएको छ । अहिलेकी सर्वाधिक लोकप्रिय गायीका एलिना चौहान र नेपाल आईडलका क्युटेष्ट प्रतियोगी कृशल कँडेलको स्वर रहेको मायाको क्या राम्रो आँखा बोलको गीत डीपी दाहाल परिश्रमीले लेखेका हुन् ।

पछिल्ला दिनमा सर्वाधिक रुचाईएका यी दुईको अर्को उत्कृष्ट प्रस्तुती रहेको यस गीत डिलाइटेड म्युजिक इन्डस्ट्रीजबाट बजारमा आएको छ भने गीतमा एलिना र कृशलले नै अभिनय गरेका छन् ।

ह्वाइट मिडियाले निर्माण गरेको यस गीतमा संगीत मनोहर सुनमले गरेका छन् । शक्तिप्रज्वल घिमिरेले निर्देशन गरेको यस म्युजिक भिडियोमा नमराज घिमिरेको क्यामेरा रहेको छ ।

प्रवीन थापाले कोरियोग्राफी गरेको यस म्युजिक भिडियोको भिडियो प्रोडक्सन ह्वाइट मिडियाले गरेको छ ।