

बौदीकालीमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

बौंदीकाली । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि बौंदीकालीमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।
पालिकाभित्रको स्थानीय तह निर्वाचनका लागि बौंदीकाली गाउँपालिकाको वडा नं. २ स्थित केरमटारमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको बौंदीकालीका निर्वाचन अधिकृत प्रेम बहादुर दौल्यालले बताए ।
उक्त अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीलगायतको उपस्थिति थियो ।
३० गते हुने निर्वाचनका लागि ११ र १२ वैशाखमा स्थानीय निर्वाचनको लागि मनोनयन हुँदैछ । कार्यालय स्थापना भइसकेपछि आवश्यक सामग्री र जनशक्ति व्यवस्थापन सुरु भइसकेको पनि जनाइएको छ ।