

काठमाडौंका लागि कांग्रेसले गर्यो यी ५ को नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिले मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।
नगर समितिले नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको एक नेताले जानकारी दिए ।
त्यस्तै नेकपा एमालेले यसअघि नै काठमाडौं महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरिसकेको छ।
एमाले काठमाडौं नगर कमिटीले विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र ईन्दिरा पन्तको नाम जिल्लामा सिफारिस गरेको छ।
शाक्य ०७४ को स्थानीय चुनावमा मेयर जितेका थिए। उनले फेरि एक कार्यकाल आफैँ दोहोर्याउने भन्दै उम्मेदवार बन्न इच्छा देखाएका छन्।