

लगनगाँठो कस्दै नायिका केकी

काठमाडौं । नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिन लागेकी छन् । केकीले व्यवसायी रोहित तिवारीसँग आज सानो जमघटमा लगनगाँठो कस्ने भएकी हुन् ।
केकीका हुनलागेका श्रीमान् हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् । उनीहरुबीच बुधबार मेहेन्दी भएको पनि जनाइएको छ ।
केही समयदेखि प्रेममा रहेका यी दूईले आफूहरूबिचको अफेयरलाई सार्वजनिक गरेका थिएनन् । उनीहरूको विवाहबारे केकी निकटका कलाकारहरूलाई पनि थाहा नभएको जनाइएको छ । जीवन्त अभिनय गर्ने केकी पछिल्ला केही समय व्यावसायिक रुपमा पनि अघि बढ्दै गरेकी छिन् ।