

दुर्गाले ल्याए मगर भाषाको झाम्रे गीत बजारमा (भिडियोसहित)

बौंदीकाली । गायक एवं सर्जक दुर्गा ठाडा ‘उपदेश’ले मगर भाषाको झाम्रे गीत बजारमा ल्याएका छन् । विगत लामो समयदेखि गीत संगीत र अभिनयको क्षेत्रमा लागिरहेका ठाडाले पछिल्लो समय आफ्नै माैलिक संस्कृतिको मगर भाषाको झाम्रे गीत बजारमा ल्याएका हुन् ।
नवलपुरको बौंदीकाली गाउँपालिका वडा नं. ३ को रकुवा स्थायी घर भएका ठाडाले आफ्नै शब्द र स्वरमा बौंदीकाली रकुवा अमालीथरस्थित घरमा गीतको छायांकन गरेका हुन् ।
गीतमा दुर्गाका साथै घमन राना मगर, बिनिता सारु मगर र अनिता मश्रांगीको स्वर रहेको छ भने लय भने सागर बिरहीको रहेको छ ।
सागर बिरहीले एरेन्ज गरेको गीतमा स्वयं दुर्गा र नम्रता थापा मगरले अभिनय गरेका छन् भने उनीहरुको साथमा स्थानीय कलाकार तथा सर्वसाधारणहरुको पनि अभिनय देखिएको छ ।
भिडियोको बिचबिचमा हास्यकलाकार पूर्ण थापा मगर (सुगा)को अभिनयले गीतलाई अझै राम्रो बनाएको छ । स्वयं दुर्गाकै निर्देशन रहेको उक्त गीतमा सार्जन थापा मगरले कोरियोग्राफी गरेका छन् भने सुरेश श्रेष्ठको छायांकन रहेको छ ।
दुर्गा यसअघि जातीय चलचित्र ‘रैयाँ’ मा नायक अभिनय गरेका थिए भने पञ्चे बाजामा लाहुरे म्युजिक भिडियोका साथैै आफ्नै गाउँ परिवेशलाई समेटेर नयाँ सालैजो गीत पनि ल्याएका थिए ।
भिडियोः