

हास्य कलाकार शम्भुराज थापा ‘बखते’को कोरोनाबाट निधन

काठमाडौं । हास्यकलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ ।
कोरोना संक्रमण पुष्टी भएपछि पाटन अस्पतालमा भर्ना गरिएका थापाको शनिबार विहान ४ः४० बजे उपचारकै क्रममा निधन भएको कलाकार जीवन थापाले बताए ।
थापालाई एक महिनाअघि कोरोना संक्रमित भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षको उमेरमा थापाको निधन भएको हो ।
थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरीबास्सैमा अभिनय गरेका थिए । उनी चलचित्र, विज्ञापनमा पनि अभिनय गर्दै आएका थिए । थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।