

पहिरोले महाकाली राजमार्ग अवरुद्ध, यात्रु अलत्र

बैतडी – लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडक खण्डको धरमघरमा पहिरो खस्दा आवतजावत बन्द भएको हो ।
आज बिहान सडक माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास वर्षाका कारण प्रभावित भएको छ ।
राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा सवारी साधन रोकिएपछि यात्रुहरु अलपत्र परेका छन् । सडक बिस्तारको काम भइरहेको सडकखण्डमा बेलाबेला पहिरो खस्ने गरेको बताइएको छ ।