

खोलाले बगाउँदा आमा–छोराकै गयो ज्यान

दाङ – दाङको तुलसीपुमा बाढीले बगाउँदा आमा–छोराकै ज्यान गएको छ । सोमवार दिउँसो स्थानीय ग्वार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी घर भएका ३५ वर्षीया अमृता घर्ती र उनको दुई वर्षीय छोरा रुद्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घर्ती छोरालाई लिएर सिम्लेनीबाट पतेनी जाँदै थिइन् । स्थानीय पतेनी घाटबाट खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा बगेको ठाउँ भन्दा झण्डै अढाई किमी तल आमा–छोराको शव भेटिएको छ ।