

चट्याङ लागेर धारामा पानी भर्दै गरेका बालकको मृत्यु

बैतडी – चट्याङ लागेर बैतडीमा एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
सोमबार साँझ करिब ७ बजेतिर नजिकै रहेको पधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । चट्याङ लागेका बालककोे घटनास्थलमै मृत्यु भएको हो ।
उनीसँगै पानी भर्न गएका एक अर्का बालिका भने सकशुल रहेका छन् । मृतक बालकको शव घटनास्थलमै रहेको र परीक्षण मंगलबार गरिने प्रहरीले जनाएको छ ।