गोवामै भेटिइन् गोपाल हलामकी छोरी आरती

धनगढी — धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। भारतको गोवाबाट सम्पर्कविहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन्।

उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो। अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्विरसहितको पोष्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन्।

आरतीकी आमा शारदाका अनुसार उनीहरु भारतको गोवामा छन्। उनले भनिन, ‘छोरी गोवामै रहेछ। एक विदेशी केटीले फोटो हालेपछि अमेरिकामा भएकाले सम्पर्क गर्नु भयो। छोरी र ज्वाई पुग्नु भएको छ।’ उनी सम्कर्पमा आएपछि बैनी आरजु र ज्वाइँ गोवा पुगेका हुन् ।

नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमवारदेखि सम्पर्क विहीन भएकी थिइन् । उनी ओशो साधक हुन।ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *