

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

सिन्धुपाल्चोक – विजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा सिन्धुपाल्चोकमा शनिबार एक जनाको ज्यान गएको छ भने एक जना घाइते छन् ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ का २४ वर्षीय मोटरसाइकल चालक एलकेश मगरको मृत्यु भएको हो । धुलिखेल अस्पतालमा उपचारको क्रममा शनिबार साँझ साढे सात बजे उनको मृत्यु भएको जनाइएको छ । घाइते भएका मोटरसाइकलमा पछाडि सवार व्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटे बजारमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर पल्टिएको थियो । सुकुटेबाट बन्देउतर्फ जाँदै गरेको वागमती प्रदेश ०२ ०१८ प ४८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको जनाइएको छ ।