

कोरानाको अर्काे प्रकारः खोप लगाएकालाई समेत पुनः संक्रमित गराउने खतरनाक भेरिएन्ट

नयाँ दिल्ली – अत्याधिक छिटो फैलिने कोरोना भाइरसको फेरि अर्काे नयाँ म्युटेसन देखिएपछि वैज्ञानिक चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो हप्ता अमेरिकामा कोरोनाको डेल्टा-३ भेरिएन्ट (प्रकार) भेटिएको वैज्ञानिकले बताएका छन् ।
यो नयाँ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि पुनः संक्रमण सक्ने खालको भएको जनाइएको छ । छिमेकी मुलुक भारतमा यो भेरिएन्ट देखापरिनसकेको भए पनि जिन सिक्वेन्सिङ गरिरहेको इन्साकग कमिटीले अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।
नयाँ दिल्लीस्थित आईजीआईबीका वैज्ञानिक डा. विनोद स्कारियाले भनेका छन्, ‘भाइरस उत्परिर्वतन (म्युटेसन) भएपछि एवाई–३ भेरिएन्ट फेला परेको छ, जसलालई डेल्टा–३ पनि भनिन्छ । यस विषयमा भारतमा व्यापक निगरानी थालिएको छ ।’