

घट्याे सुनको मुल्य, ताेलाकाे कतिमा हुँदैछ काराेबार

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा झरेको हो ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार २७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।