गीतसँगको हुटहुटी मेट्दै जिग्रीले ल्याए ‘मन्जरी’



काठमाडौं । कुमार कट्टेल ‘जिग्री’ले जन्मदिनको अवसर पारेर आफ्ना प्रशंसकहरूका लागि गीत उपहार दिएका छन् । ‘भद्रगोल’ नामक हाँस्य टेलिसिरियलमार्फत चर्चामा आएका ‘जिग्री’ले जन्मदिनको अवसर पारेर ‘मन्जरी’ बोलको गीत सार्वजनिक गरेका छन् ।

उनी सानैदेखि गीत गुनगुनाउँथे । अभिनयमा आउनुअघि ‘जिग्री’को रुची गायनमा थियो । त्यही सौखले उनले संगीतसमेत सिकेका थिए । हार्मोनियम किनेका पनि थिए । तर, उनलाई समयले गायनभन्दा पहिले अभिनयमा डोर्यायो ।

दर्शकले उनलाई ‘भद्रगोल’बाट ‘जिग्री’उपनामले चिन्न थाले । यसपछि भने उनी अभिनयमा नै व्यस्त बन्न पुगे । तर, गीत गाउने उनको हुटहुटी भने हराएको थिएन । अभिनयमा लागे पनि उनले गीत गुनगुनाउन छाडेका थिएनन् । साथीहरू हौसला दिन्थे, गीत गाउन । उनले पहिलोपटक आङ्खनो स्वरमा गीत रेकर्ड गराएका छन् । उनले गायिका मेलिना मैनालीस“ग ‘मञ्जुरी’ बोलको गीत रेकर्ड गराएका छन् । गीतमा भीम बिसीको शब्द तथा संगीत छ ।

भद्रगोलकै ‘काकु’ अर्थात दीपक आचार्यको निर्देशनमा बनेको भिडियोमा जिग्री र रक्षा श्रेष्ठले अभिनय गरेका छन् । रक्षा पनि भद्रगोलमै अभिनय गर्थिन् । तर, उनले केहीसमय अभिनय क्षेत्रबाट विश्राम लिएकी थिइन् । उनी झण्डै एक वर्षपछि यस भिडियोबाट अभिनयमा फर्किएकी हुन् । गीत माया प्रेममा आधारित रहेर रोमान्टिक शैलीमा निर्माण गरिएको हो । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् ।

गीत रेकर्ड गराएपछि जिग्रीले गीत गाउने आफ्नो पहिल्यैदेखिको सौखलाई पूरा गरेको प्रतिक्रिया दिएका छन् । ‘गीत गाउन खुबै मन पर्थ्यो । सानैदेखि गीत गुनगुनाउथेँ । त्यो बेला कलाकार नबने पनि गीत गाउँछु भन्ने सोच्थें’ उनले भने, ‘गायनलाई व्यवसायिक रूपमा अगाडि बढाउँछु भनेर सुरु गरेको होइन । आफूमा भएको रहरलाई मार्नु हुँदैन भनेर सुरु गरेको हुँ ।’ यसपछि अर्जुन पोखरेलको संगीतमा अर्को एउटा गीत पनि ल्याउने तयारीमा रहेको उनले जानकारी दिएका छन् ।

जिग्रीको सोमबार जन्मदिन हो । जन्मदिनको अवसर पारेर उनले दर्शक तथा स्रोतालाई आङ्खनो गायन र अभिनय रहेको गीत उपहारस्वरूप समर्पण गरेको बताएका छन् ।