

रेडपाण्डासहित दुई पक्राउ

काठमाडौं – दुर्लभ वन्यजन्तु रेडपाण्डासहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले विष्णुमती कोरिडोर इलाकाबाट दुई वटा मृत रेडपाण्डासहित रामेछाप दोरम्बाका २४ वर्षीय उमेश विसुन्के र दोलखाको तामाकोशी गाउँपालिकाका २५ वर्षीय अर्जुन मगरातिलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिएका छन् ।