

रामेछापका सेनाका जवानद्वारा कन्चनमा गोली आत्महत्या

महोत्तरी । महोत्तरीमा एक जना सेनाका जवानले गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
महोत्तरीस्थित रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत सैनिक जवानले बुधबार बिहान आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक ९डीएसपी० प्रकाश बिष्टले जानकारी दिए ।
रामेछाप घर भएका ती जवानले आफैँले बोकेको मिनी इन्सास हतियारले बाँया कन्चटमा गोली हानेको पाइएको उनले बताए ।
बुधबार बिहान अन्दाजी पाँच बजेतिर अतिथी गृहसँगैको कोतमा घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म मृतक सैनिकको नाम र पूरा ठेगाना भने सार्वजनिक गरिसकेको छैन ।