

प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवा नियुक्त, सपथको लागि शुभसाइतको खोजी !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जनाएका छन् ।
देउवालाई प्रधानमन्त्री नियुक्ति गरिएको कुरा जानकारी देउवालाई पठाइएसकिएको र आजै सपथको तयारी गरिएको पनि जनाइएको छ । सम्भवतः निवर्तमान प्रधानमन्त्री ओलीको सम्बोधनपछि साँझ पाँच बजेसम्म देउवाले सपथ लिने तयारी गरिएको छ । देउवाले आफूले सपथ लिएलगत्तै सानो आकारको मन्त्रीमण्डलले पनि आजै सपथ लिने सम्भावना रहेको छ ।
यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन्। उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए ।
त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए। उनी २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए ।