

२०७८ संक्रमणमुक्त हुँदा थप २३९८ जनामा कोरोना पुष्टी

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २३९८ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा देशभरका प्र्रयोगशालामा ११ हजार १२ जनाको कोरोना परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा २ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा ६ लाख २३ हजार १ सय ५ जना कोरोनामुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा १२ जनाको मात्र मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४ सय १२ पुगेको छ ।