काठमाडौंका यी केन्द्रमा साउन ४ बाट लगाइँदैछ अमेरिकी जोन्सन खोप (सूचीसहित)



काठमाडौं । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि मात्र लगाउन सुरु गरिने भएको छ ।

कोभिड–१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले जिल्लाका ४४ वटा खोप केन्द्रबाट साउन ४–६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।

अमेरिकाबाट सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५०–५४ वर्ष उमेर समूहलाई लगाउने निर्णय गरिसकेको छ । मंगलबारदेखि सुरु भएको भेरोसेलको पहिलो डोज खोप कार्यक्रम सञ्चालन भएकै ४४ वटा खोप केन्द्रबाट जोन्सन एण्ड जोन्सनको खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय समितिले गरेको छ ।

काठमाडौं महानगरपालिकाको हकमा भने थप २५ वटासम्म खोप केन्द्र विस्तार गर्न सकिने निर्णय भएको छ ।