

बाढीको बितण्डाः यसरी बगायो बाढीले मनाङमा जिल्ला हुलाक कार्यालय (भिडियोसहित)

मनाङ । विगत केही दिनदेखिको लगातारको वर्षासँगै मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर का साथै जिल्ला हुलाक कार्यालयको भवन पनि बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ ।
ट्रस्ट बनाएर बसेका होटल र र पसलहरु सबै बगाएको र वस्ती नै जोखिममा गरेको उनले बताए । जोखिम क्षेत्रका जनतालाई सुरक्षित ठाउँमा सारेको भएर मानवीय क्षति भने नभएको डीएसपी खड्काले बताए । उनले बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको बताए ।
त्यस्तै लगातारको बर्षातबाट आएको बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली ब्रिज पनि बगाएको छ । उक्त खोलामा रहेको ३२ किलोवाट क्षमताको लघु जलविद्युत पनि बाढीले बगाएको डीएसपी खड्काले जानकारी दिए ।
हस्त रावतले सामाजिक सञ्जालमा राखेको भिडियोः