

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ३९ लाख बढी, ५ लाख ९२ हजारको मृत्यु

काठमाडौं । विश्वमा एकैदिन संक्रमित हुनेको संख्या २ लाख ४८ हजार बढी पुगेको छ । पछिल्लो २४ घन्टामा २ लाख ४८ हजार ३ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् ।
हालसम्म विश्वमा १ करोड ३९ लाख ३७ हजार २ सय ५३ जना संक्रमित रहेको अहिलेसम्मको तथ्यांकमा ५ लाख ९१ हजार ९ सय ५७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ५ हजार ७ सय ३६ जनाको मृत्यु भएको छ ।
हालसम्म विश्वमा ८२ लाख ६८ हजार ६ सय ५३ जना उपचार पछि निको भएका छन् ।