

ट्याक्टर दुर्घटना हुँदा प्युठानमा ७ को मृत्यु, १ घाइते

प्यूठान। प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । मध्यराती सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर ट्याक्टर दुर्घटनामा परि ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
गए राती १२ः५५ वजेको समयमा स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु पौडेलले मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुलि नसकेको जानकारी दिए। साउने संक्रान्ती मानेर फर्कने क्रममा दुर्घटना भएको उनको भनाई छ । उनका अनुसार ट्याक्टरमा सवार एक जना भने बाच्न सफल भएका छन् ।
अहिले नेपाली सेना र नेपाल प्रहरीबाट उद्दार कार्य भइरहेको निरीक्षक पौडेलले वताए । घटनाको बिस्तृत विवरण आइसकेको छैन ।