

सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

काठमाडौं – कोरोनाबाट सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको भएको हो
मल्लका भजिता रुपक मल्लका अनुसार उनलाई विगत एक हप्तादेखि सञ्चो थिएन् । कोरोना पुष्टि भएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो । गएराित उनको निधन भएको हो ।
निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको बिहीबार अन्त्येष्टि गरिने बताइएको छ ।
मल्ललाई २०७४ सालमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।
उनलाई केपी शर्मा अोली नेतृत्वको सरकारले २०७६ कार्तिकमा पदमुक्त गरेको थियो ।