

नेपालमा निको हुने संख्या बढ्यो, ७२२६ निको, ६९३९ संक्रमित हुँदा १०६ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमित थपिने भने निको हुनेको संख्या बढी रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ हजार २२६ जना निको भएका छन् भने ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० हजार ९ सय ९२ जनाको परिक्षण गरिएकोमा ६ हजार ९ सय ३९ जनामा कोरोना पोजेटिभ पुष्टी भएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ६ मात्र रहेको छ । उक्त संख्या गत १८ दिनयताकै न्यून संख्या हो । त्यसअघि मे ९ का दिन ८८ जनाको मृत्यु भएको थियो ।